बुढासुब्बा गोल्डकप : धरानका कप्तान सुनुवार बने सर्वोत्कृष्ट खेलाडी

सुनसरी (खेलदैनिक) । शनिबार सम्पन्न रेडबुल २१ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी धरान एफसीका कप्तान बिष्णु सुनुवार घोषित भएका छन् । सर्वोत्कृष्ट खेलाडी बनेका सुनुवारले एक थान स्कुटर हात पारे ।

स्मरणीय छ, शनिबार भएको फाइनल भिडन्तमा आयोजक धरानले अफ्रिकी टोली दाफिन्स एफसीसँग पेनाल्टी शुटआउटमा ३–२ ले हार बेहोर्दै उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक दाफिन्सका प्रिसो जंगा घोषित भए भने उत्कृष्ट डिफेन्डर धरानका मनोज राई घोषित भए । त्यसैगरी उत्कृष्ट मिडफिल्डर पनि धरान कै हेमन्त थापा मगरले हात पारे भने उत्कृष्ट फरवार्ड धरान कै मिलन राई घोषित भए ।

उत्कृष्ट प्रशिक्षकको पुरस्कार भने दाफिन्सका औरेल इनामीले जिते । व्यक्तिगत विधातर्फ उत्कृष्ट सबैले जनही २५–२५ हजार हात पारे । त्यस्तै सर्वाधिक गोलकर्ता बनेका दाफिन्सका यानिकले ३५ हजार हात पारे । फाइनल खेलको म्यान अफ द म्याच भने धरानका गोलरक्षक बिनय श्रेष्ठ घोषित भए । श्रेष्ठले पुरस्कार स्वरुप नगद १५ हजार प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...