भुटान : गोल बर्षा गर्दै आर्मी सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । विभागीय टोली नेपाल आर्मी क्लब भुटानमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार फुङ्सोलिङ स्थित पिएसए मैदानमा भएको क्वाटरफाइनल भिडन्तमा आर्मीले घरेलु टोली थिम्पु सिटीलाई ६–० को फराकिलो अन्तरले हरायो ।

आर्मीको जितमा कप्तान भरत खवासले दुई गोल गरे भने नवयुग श्रेष्ठ, बिमल पाण्डे र सन्तोष तामाङले थप एक–एक गोल गरे । त्यस्तै थप एक गोल भने थिम्पुले आत्मघाती गोलका रुपमा खान पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...