बुढासुब्बा गोल्डकप : आयोजक धरानलाई दाफिन्सको चुनौति

सुनसरी (खेलदैनिक) । रेडबुल २१ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आज दाफिन्स एफसी, क्यामरुन र आयोजक धरान एफसी भिड्दै छन् ।

धरान रंगशालामा आज दिनको ३ बजेदेखि शुरु हुने प्रतियोगिताको फाइनल भिडन्तमा आयोजक धरानलाई घरेलु मैदान र समर्थकको साथ रहने निश्चित छ । फाइनल प्रवेश गर्ने क्रममा धरानले सिएमजी संकटा क्लबलाई पराजित गरेको थियो ।

उता भर्खरै सम्पन्न मनकामना केबलकार पोखरा कपको उपाधि जितेको दाफिन्स लगातार दोस्रो उपाधि जित्ने संघारमा छ । फाइनल प्रवेश गर्ने क्रममा दाफिन्सले विभागीय टोली नेपाल पुलिस क्लबको चुनौति पन्छाएको थियो ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...