प्रथम जिनियम जिल्ला स्तरिय नक आउट भेट्रान फुटबल प्रतियोगिताको उपाधी धाइजन भेट्रान फुटबल क्लबलाई

(कृष्ण सिन्जाली, घुलावारी, खेलदैनिक)

प्रथम जिनियम जिल्ला स्तरिय नक आउट भेट्रान फुटबल प्रतियोगिताको उपाधी धाइजन भेट्रान फुटबल क्लबले उचालेको छ ।

घुलावारी ५ स्थित कवि शिरामणी उच्च माविको खेल मैदानमा भएको प्रतियोगिताको बिहिबार भएको फाइनल खेलमा धाइजन भेट्रानले सुरुड भेट्रान क्लबलाई २-१  गोलको अन्तरले पराजित गरेको थियो ।

खेलको २५औं मिनेटमा धाइजनका उमेश राईले एक गोल गरेको एक मिनेट नबित्दै सुरुडका निलु गिरीले एक गोल फर्काएका थिए । खेलको पहिलो हाफ बराबरमा टुङ्खिएको थियो । भने दोश्रो हाफको ३५ औं मिनेटमा धाइजनका संजीब बुढाथोकीले गोल गर्दै बिजय यात्रा तय गरेका थिए ।

खेलको म्यान अफ द म्याच सुरुडका विरास लिम्बु धोषित भएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी धाइजनका सन्तोष बस्नेत, उत्कृष्ट गोलकर्ता तिर्थ सुब्बा र वयोबृद्ध खेलाडी राजेश खड्का भएका थिए ।

विजेता टिमले नगद ३० हजार तथा उपविजेता टिमले २० हजार नगद, शिल्ड, ट्रर्फी र प्रमाण पत्र समापन कार्यक्रमका प्रमुख अतिथी धुलावारी इलाका प्रहरी कार्यालयका इन्र्चाज राकेश थापा, कार्यक्रमका अध्यक्ष धनराज थापा लगायतले प्रदान गरेका थिए । कार्यक्रममा झापा ११ का खेलाडी पुजन उप्परकोटीलाई आयोजक क्लबले दुई थान फुटबल प्रदान गरेको थियो।

प्रतियोगितामा झापाका ८ वटा भेट्रान फुटवल क्लबको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...