
काठमाडौं (खेलदैनिक) । शुक्रबार सम्पन्न हिरो गोल्डकप महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो संस्करणमा उपविजेता बनेको नेपालले ८ लाख रुपैया हात पारेको छ ।
शुक्रबार भारतको भुवनेश्वर स्थित कालिंगा स्टेडियममा भएको फाइनल भिडन्तमा नेपालले बलियो म्यानमारसँग १–३ को हार बेहोरेको थियो । त्यस्तै विजेता बनेको म्यानमारले उपाधिसहित ११,२०,००० प्राप्त गरेको छ ।
अल इण्डिया फुटबल फेडरेशन र ओडिसा सरकारको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, म्यानमार र इरान गरी चार देशहरुले सहभागिता जनाएका थिए ।