हिरो गोल्डकप : साबित्राले जितिन् सर्वाधिक गोलकर्ताको पुरस्कार

काठमाडौं (खेलदैनिक) । नेपाली महिला फुटबल टोलीकी फरवार्ड साबित्रा भण्डारी र म्यानमारकी यी वु संयुक्त रुपमा हिरो गोल्डकप महिला फुटबल च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता बनेका छन् । उनीहरुले पुरस्कार स्वरुप प्राप्त गर्ने १ लाख भारतीय रुपैर्या आपसमा बाँड्ने भएका छन् । जसबापत साबित्राले ८० हजार पाउने छिन् ।

https://twitter.com/Goal_Nepal/status/1096418988630962177

प्रतियोगितातर्फ दुवै खेलाडीले समान ४–४ गोल गरेका थिए । त्यस्तै म्यानमारले फेयर प्ले अवार्ड पनि जित्यो । त्यसवापत उसले नगद ३ लाख भारतीय रुपैया समेत हात पारेको छ । स्मरणीय छ, हिरो गोल्डकपको फाइनलमा शुक्रबार नेपालले म्यानमारसँग १–३ को हार बेहोर्दै उपविजेतामा चित्त बुझाउनु परेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...