हिरो गोल्डकप : म्यानमार फेरि बाधक बन्दा नेपाल उपविजेतामा सिमित

काठमाडौं (खेलदैनिक) । फाइनल भिडन्तमा म्यानमार फेरि बाधक भईदिंदा भारतमा सम्पन्न चारदेशीय हिरो गोल्डकप महिला फुटबल च्याम्पियनसिपमा नेपालले उपविजेता मै चित्त बुझाउन बाध्य भएको छ ।

शुक्रबार भुवनेश्वर स्थित कालिंगा स्टेडियममा भएको फाइनल खेलमा फिफा वरियताको १०८ औं स्थानमा रहेको नेपालले ४४ औं वरियताको म्यानमारसँग ३–१ ले पराजित हुँदै उपविजेतामा चित्त बुझाउनु परेको हो । नेपालले लिग चरणतर्फ पनि म्यानमारसँग पहिलो खेलमा ३–० ले हार बेहोरेको थियो ।

शुक्रबार नेपालले पहिलो हाफसम्म १–१ गोलको रोमाञ्चक बराबरी खेले तापनि त्यसलाई दोस्रो हाफमा निरन्तरता दिन सकेन । नेपालका लागि मन्जली योन्जनले एक मात्र गोल गरेकी थिईन् ।


प्रतिक्रिया दिनुहोस

Loading...