बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै दाफिन्स फाइनलमा

सुनसरी (खेलदैनिक) । अफ्रिकी टोली दाफिन्स एफसी, क्यामरुन जारी २१ औं रेडबुल अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार धरान रंगशालामा भएको दोस्रो सेमिफाइनलमा दाफिन्सले विभागीय टोली नेपाल पुलिस क्लबलाई सडेन डेथमा हराउँदै फाइनल स्थान पक्का गरेको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

दाफिन्सले अब फाइनलमा उपाधिका लागि आयोजक धरान फुटबल क्लबसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ । धरान एफसीको आयोजनामा जारी प्रतियोगिताको विजेतालेउपाधिसहित ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...