बी डिभिजन लिग : सातदोबाटोको उत्कृष्ट पुनरागमन

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक बी डिभिजन लिगतर्फ सातदोबोटो युथ क्लबले शुक्रबार भएको पहिलो खेलमा झम्सीखेल युथ क्लबलाई २–१ ले हराएको छ ।

खेलमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसकेको झम्सीखेलले अन्तत हार बेहोर्न बाध्य भयो । एन्फा कम्प्लेक्समा भएको खेलको २० औं मिनटमा मान कुमार राईले झम्सीखेलका लागि शुरुवाती गोल गरे । यद्यपि त्यो अग्रता पहिलो हाफसम्म मात्र कायम रह्यो ।

उता दोस्रो हाफको ५० औं मिनटमा पृथ्वी चौधरीले सातदोबाटोका लागि बराबरी गोल गरे भने ८७ औं मिनटमा भुवन बस्नेतले निर्णायक गोल गर्दै टोलीको जित सुनिश्चत गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...