हिरो गोल्डकप : स्टार फरवार्ड साबित्रा फाइनलमा आज म्यानमार विरुद्ध खेल्ने पक्का

काठमाडौं (खेलदैनिक( । भारतमा जारी हिरो गोल्डकप महिला फुटबल च्याम्पियनसिपतर्फ आज म्यानमार विरुद्ध हुने फाइनल खेलका लागि नेपालकी महत्वपूर्ण फरवार्ड साबित्रा भण्डारी खेल्ने पक्का भएको छ ।

लिग चरणतर्फको अन्तिम खेलमा इरान विरुद्ध खेल्ने क्रममा खुट्टाको समस्याका कारण भण्डारीले फाइनलमा खेल्नेमा आशंका व्यक्त गरिएको थियो । यद्यपि गोलनेपालका अनुसार भण्डारीले आफू आज म्यानमार विरुद्ध खेल्ने फिट रहेको बताएकी छिन् ।

साबित्राले भारत र म्यानमार विरुद्ध दुवै खेलमा एक्लैले दुई गोल गर्दै नेपाललाई फाइनलसम्म पुराउन महत्वपूर्ण भूमिका खेलेकी थिईन् ।

प्रतियोगिताको उपाधिका लागि नेपालले आज म्यानमारसँग ६:१५ मा खेल्ने कार्यक्रम छ । लिग चरणतर्फ आफ्नो पहिलो खेलमा म्यानमारसँग ३–० ले हारेको नेपालसँग त्यो हारको बदला लिने अवसर पनि छ ।


प्रतिक्रिया दिनुहोस

Loading...