बी डिभिजन लिग : पुल्चोक र श्री कुमारीको जित

(तस्विर : एन्फा) ।

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक बी डिभिजन लिगतर्फ पुल्चोक स्पोर्टस् क्लब र श्री कुमारी क्लबले बिहीबार जित हात पारेका छन् ।

एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा पुल्चोकले मध्यपुर युथ एसोसिएशनलाई २–१ ले हरायो । पुल्चोकका लागि खेलको नवौं मिनट मै रामकाजी कुमालले पहिलो गोल गरे भने ३५ औं मिनटमा टिकाराज गुरुङले दोस्रो गोल गरे । उता मध्यपुरका लागि ५२ औं मिनटमा प्रदिप लम्सालले एक मात्र सान्त्वना गोल गरे ।

त्यस्तै दोस्रो खेलमा श्री कुमारीले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई ४–२ पराजित गर्यो । श्री कुमारीका लागि सुजन महर्जनले दुई गोल गरे भने गणेश बडुवाल र विकास तामाङले एक–एक गोल गरे । उता पराजित आरसिटीका लागि संसार नन्द पलान्चोके र उनम बुढाथोकीले गोल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...