
काठमाडौं (खेलदैनिक) । अन्तत नेपाल सरकारले सन् २०१६ मा गुवाहाटीमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ स्वर्ण पदक जित्ने टोलीका सदस्यहरुलाइृ दिनुपर्ने रकम दिने घोषणा गरेको छ ।
बिहीबार प्रधानमन्त्री केप ीओलीको अध्यक्षतामा बसेको मन्त्री परिषद्को बैठकले पदक विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुलाई जनही ३–३ लाख दिने घोषणा गरेको हो ।
यसअघिको सरकारको त्यो पुरस्कार रकम दिने घोषणा गरे तापनि तीन बर्ष बितिसक्दासम्म खेलाडीहरुले रकम पाएका थिएनन् । यद्यपि गोलनेपालका अनुसार पछिल्लो सरकारको त्यो घोषणालाई वर्तमान सरकारले पूरा गर्ने पक्का भएको हो ।
स्मरणीय छ, सागको पुरुष फुटबलतर्फ नेपालले फाइनलमा आयोजक भारतलाई २–१ ले हराउँदै ऐतिहासिक रुपमा स्वर्ण पदक जित्न सफल भएको थियो ।