अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आइतबारदेखि

झापा (खेलदैनिक) । नेपाल लोकतान्त्रिक खेलकुद संघ, मेचीनगर समितिको आयोजनामा यहि फागुन ५ गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण महिला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा पारिजात एफसी, झापा र तरुण संघ हंसकुवा, भारतबीच हुनेछ । नेपाल र भारतका गरी कुल ६ महिला फुटबल टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल फागुन ९ गने हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...