हिरो गोल्डकप : म्यानमारद्वारा भारत पराजित, नेपाल फाइनलमा

काठमाडौं (खेलदैनिक) । भारतमा जारी हिरो गोल्डकप महिला च्याम्पियनसिपतर्फ बुधबार भएको दोस्रो खेलमा म्यानमारले भारतलाई २–० ले हराएपछि नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कालिंगा स्टेडियममा सम्पन्न खेलमा म्यानमारका लागि खेल शुरु भएको दोस्रो मिनटमै जुली क्यावले पहिलो गोल गरीन् भने खेलको अन्तिमतिर ९३ औं मिनटमा विन थिंग टुनले दोस्रो गोल गर्दै भारतीय टोलीलाई निराश तुल्याईन् ।

यो नतिजासँगै ९ अंक जोडेको म्यानमार र ६ अंक जोडेको नेपाल फाइनलमा प्रवेश गरेका छन् भने ३ अंक जोडेको भारत र अंकविहीन इरान प्रतियोगिताबाट बाहिरिएको छ । अब उपाधिका लागि म्यानमार र नेपालले शुक्रबार फाइनल खेल्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...