हिरो गोल्डकप : पहिलो हाफसम्म भारत विरुद्ध म्यानमार १–० ले अगाडी

काठमाडौं (खेलदैनिक) । हिरो गोल्डकप महिला च्याम्पियनसिपतर्फ अर्को महत्वपुर्ण खेलमा आयोजक भारत म्यानविरुद्ध पहिलो हाफसम्म ०–१ ले पछाडी परेको छ ।

कालिंगा स्टेडियममा भएको खेलको दोस्रो मिनटमै भारतले गोल खान पुगेको थियो । म्यानमारका लागि जुली क्यावले भारतीय खेलाडीहरुको गल्तीको फाईदा उठाउँदै बललाई गोलपोष्टको जाली चुमाउन सफल भएकी थिईन् ।

यो खेलमा म्यानमारले जित वा बराबरी गरे पनि नेपाल र म्यानमार फाइनलमा प्रवेश गर्नेछन् भने भारत प्रतियोगिताबाट बाहिरिनेछ । दोस्रो हाफ केहीबेरमा शुरु हुँदै ।


प्रतिक्रिया दिनुहोस

Loading...