बी डिभिजन लिग : ब्वाईज युनियनको रोमाञ्चक बराबरी

काठमाडौं (खेलदैनिक) । जारी शहिद स्मारक बी डिभिजन लिगतर्फ बुधबार भएको दोस्रो खेलमा ब्वाईज युनियन क्लबले सातदोबाटो युथ क्लबसँग रोमाञ्चक बराबरी खेलेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै ब्वाईज युनियनले सातदोबाटोसँग बराबरी खेल्दै अंक खोसेको हो ।

खेलको २३ औं मिनटमा बिरेन्द्र लिम्बुको गोलबाट अग्रता बनाएको सातदोबाटोले त्यो अग्रतालाई पहिलो हाफसम्म मात्र जोगाई राख्न सक्यो । उता ब्वाईजका युनियनका लागि ५४ औं मिनटमा सुसन लामाले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

खेलमा ब्वाईजका सुसन लामा म्यान अफ द म्याच घोषित भए । लामाले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...