
काठमाडौं (खेलदैनिक) । टोक्यो ओलम्पिक २०१० को महिला फुटबल छनौटको दोसे चरणतर्फ नेपाल आयोजक म्यानमार, इण्डोनेसिया र भारतसँग एउटै समूहमा परेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार मलेसियामा निकालेको ड्र अनुसार समूह ए मा रहेको नेपालले भारत, इण्डोनेसिया र म्यानमारसँग खेल्ने पक्का भएको हो । छनौट खेल आउँदो १ देखि ९ अप्रिलसम्म म्यानमारमा हुनेछ ।
त्यस्तै समूह बी तर्फ भियतनाम, जोर्डन, हङकङ र उज्बेकिस्तान रहेका छन् भने समुह सी तर्फ चाइनिज ताइपेइ, इरान, फिलिपिन्स र प्यालेस्टाईन रहेका छन् । प्रत्येक समूहको शिर्ष टोली तेस्रो चरणका लागि छनौट हुनेछन् । जहाँ उनीहरुले सोझै छनौट भएका एसियाका शिर्ष पाँच टोलीहरु विरुद्ध खेल्नेछन् ।
तेस्रो चरणका लागि सोझै छनौट भईसकेका टोलीहरु अष्ट्रेलिया, चीन, उत्तर कोरिया, थाइल्याण्ड र दक्षिण कोरिया रहेका छन् ।