बी डिभिजन लिग : श्री भगवतीको शानदार जित

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक बी डिभिजन लिगतर्फ बुधबार भएको पहिलो खेलमा श्री भगवती क्लबले शानदार जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा भगवतीले खुमलटार युथ क्लबलाई शून्यका विरुद्ध ५ गोलको फराकिलो अन्तरले हरायो । भगवतीले खेलको ४४ औं मिनटमा सन्जोग चाम्लिङ राईको आत्मघाती गोलबाट शुरुवाती अग्रता लिएको थियो ।

दोस्रो हाफमा थप चार गोल गरेको भगवतीकालागि ४९ औं मिनटमा दर्शन गुरुङले दोस्रो गोल गरे भने ५६ औं मिनटमा अनिल राना मगरले त्यो अग्रता तेब्बर पारे । त्यस्तै अन्जेश लामाले ७५ औं मिनटमा चौथो गोल गर्दा ८३ औं मिनटमा कार्लोस बखरियाले पाँचौं गोल गर्दै टोलीको शानदार जित पक्का गरे ।

भगवतीका लागि पाँचौ गोल गरेका बखरिया म्यान अफ द म्याच घोषित भए । यो जितसँगै २ खेलबाट ३ अंक जोडेको भगवती तेस्रो स्थानमा उक्लिएको छ । उता लगातार दोस्रो हार बेहोरेको खुमलटार भने अंकविहीन रुपमा पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...