हिरो गोल्डकप : नेपालको महत्वपूर्ण खेल आज इरानसँग

काठमाडौं (खेलदैनिक) । हिरो गोल्डकप महिला फुटबल च्याम्पियनसिपतर्फ नेपालले आज लिग चरणको अन्तिम तथा महत्वपूर्ण खेलमा इरानको सामना गर्दैछ ।

नेपाली समयअनुसार ४:१५ मा शुरु हुने आजको खेल नेपालका लागि फाइनल पुग्ने निर्णायक खेल समेत हो । भुवनेश्वर स्थित कालिंगा स्टेडियममा हुने खाजको खेलमा नेपालले जित हात पार्नुका साथै म्यानमार र भारतको खेलको नतिजा पनि पर्खनु पर्नेछ ।

https://twitter.com/Goal_Nepal/status/1095527477898866688

चार देश सम्मिलित प्रतियोगितामा नेपाल र भारतको समान ३–३ छ भने इरान अंकविहीन छ । उता ६ अंक जोडेको म्यानमार भने शिर्ष स्थानमा छ । नेपालले आज इरानलाई हराउनु पर्नेछ । उता आज नै हुने अर्को खेलमा म्यानमारले भारतलाई हराउनु वा बराबरी खेल्न सके नेपाल म्यानमारसँगै फाइनलमा प्रवेश गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...