नेपाल फुटबल महासंघ दक्षिण कोरियाको अध्यक्षमा तमु

काठमाडौं (खेलदैनिक) । नेपाल फुटबल महासंघ दक्षिण कोरियाको पहिलो अधिवेशनबाट ब्रो तमु अध्यक्ष पदमा चयन भएका छन् ।

प्रवासी भूमिमा नेपाली फुटबल प्रेमीहरुको एकता र विकासको आवश्यकता भन्ने मूल नारा सहित यसअघि सन् २०१६ मा स्थापना भएको फुटबल संघको तदर्थ समितिको अध्यक्षमा पनि ब्रो तमु नै थिए ।

अध्यक्ष पदमा निर्वाचित भएपछि ब्रो तमुले विदेशी भूमिमा रहेर पनि नेपाली फुटबलका लागि आफूहरुले सक्दो गर्ने बताए । साथै कोरिया मै रहेका नेपाली समुदायबीच पनि फुटबलका लागि संगठित भएर अगाडी समेत बताए ।

अधिवेशनबाट निर्वाचित अन्य पदाधिकारीहरुमा जीत गुरुङ वरिष्ठ उपाध्यक्षमा, फिलिप गुरुङ उपाध्यक्षमा, राजकुमार गोले सचिवमा, अप्त पुन कोषाध्यक्ष र जेबी लामा सहकोषाध्यक्षमा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा मदन राई कृष्ण गुरुङ र आलोक बानियाँ रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...