२१ औं तिलोत्तमा गोल्डकपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा झापा र एपिएफ भिड्ने

बुटवल (खेलदैनिक) । यहि फागुन ४ गतेदेखि बुटवलमा शुरु हुन गईरहेको प्रतिष्ठित २१ औं तिलोत्तमा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । मोफसलका प्रतियोगिता जुधेपछि फागुन २ गतेदेखि हुने भनिएको तिलोत्तमा गोल्डकप ४ गतेका लागि सारिएको हो ।

रुपन्देही जिल्ला फुटबल संघले मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ र सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्ने भएका छन् । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने फागुन १३ गते हुनेछ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख ८० हजार हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...