बी डिभिजन लिग : मंगलबारको दुवै खेल बराबरीमा सकिए

(तस्विर : एन्फा)

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक बी डिभिजन लिगतर्फ मंगलबार भएका दुई खेलहरु बराबरीमा सकिएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा टुसाल युथ क्लबले बाँसबारी क्लबसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ भने दोस्रो खेलमा नयाँबस्ती युवा क्लब र झम्सीखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

मंगलबारको नतिजापश्चात् २ खेलबाट ४ अंक जोडेको झम्सीखेल शिर्ष स्थानमा छ । त्यस्तै समान ४ ंक जोडे तापनि टुसाल युथ क्लब दोस्रो स्थानमा छ । त्यस्तै समान १–१ अंक जोडेको बाँसबारी क्लब र नयाँबस्ती युवा क्लब क्रमश सातौं र आठौं स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...