बुढासुब्बा गोल्डकप : आयोजक धरान सेमिफाइनलमा

सुनसरी (खेलदैनिक) । आयोजक धरान एफसी जारी २१ औं रेडबुल अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार धरान रंगशालामा भएको खेलमा आयोजक टोलीले पाहुना टोली डलहाउस एथलेटिक क्लब, भारतलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।

आयोजकको जितमा खेलको नवौं मिनटमा मिलन राईले पहिलो गोल गरे भने २३ औं मिनटमा वर्तमान राईले दोस्रो गोल गरे । खेलमा आयोजक धरानका बर्तमान राई म्यान अफ द म्याच समेत घोषित भए । अब धरानले सेमिफाइनलमा सिएमजी संकटा क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत बुधबारको खेल दाफिन्स एफसी, क्यामरुन र सशस्त्र प्रहरीको एपिएफ क्ल्बबीच हुने आयोजकले जनाएको छ । स्मरणीय छ, यी दुवै टोली भर्खरै सम्पन्न मनकामना केबलकार पोखरा कपको फाइनलमा समेत भिडेका थिए । जसमा दाफिन्सले उपाधि जित्न सफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...