हिरो गोल्डकप : साबित्रा चम्किदा नेपालद्वारा भारत पराजित

काठमाडौं (खेलदैनिक) । खेलको शुरुवात मै साबित्रा भण्डारीले दुई गोल गरेपछि जारी हिरो गोल्डकप महिला च्याम्पियनसिपतर्फ नेपालले आयोजक भारतलाई २–१ ले हराएको छ ।

सोमबार भुवनेश्वर स्थित कालिंगा स्टेडियममा भएको खेलको पाँचौं मिनटमै विपक्षी खेलाडीलाई बिट गर्दै साबित्राले पहिलो गोल गरीन । लगतै सातौं मिनटमा मनमाया लिम्बुको पासमा साबित्राले व्यक्तिगत दोस्रो गोल गरीन । जुन नेपाललाई महत्वपूर्ण जित दिलाउन प्रर्याप्त बन्यो ।

https://twitter.com/Goal_Nepal/status/1094981304431636480

उता खेलको ८४ औं मिनटमा रतनबाला देवीले भारतका लागि गोल फर्काए तापनि घरेलु टोलीको हार टार्न प्रर्याप्त बनेन । यो जितसँगै नेपालले फाइनल प्रवेशको आफ्नो सम्भावना कायम राखेको छ । नेपालले लिग चरणको अन्तिम खेलमा बुधबार इरानको सामना गर्नेछ भने सोही दिन भारतले म्यानमारसँग खेल्नेछ ।

उता सोमबार नै भएको पहिलो खेलमा म्यानमारले इरानलाई २–० ले हराउँदै फाइनल प्रवेशको सम्भावना लगभग सुनिश्चित गर्यो । स्मरणीय छ, म्यानमारले आफ्नो पहिलो खलमा नेपाललाई ३–० ले हराएको थियो भने भारतले इरानलाई १–० ले हराएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...