
धरान (खेलदैनिक) । विभागीय टोली नेपाल पुलिस क्लब जारी २१ औं रेडबुल अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालामा सोमबार भएको खेलमा पुलिसले सहारा क्लब, पोखरालाई सडेथ डेथमा हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
खेलमा पुलिसका निर कुमार राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद १५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत मंगलबारको खेल आयोजक धरान एफसी र डलहाउस एथलेटिक, कोलकाताबीच हुनेछ ।