हिरो गोल्डकप : परस्पर प्रतिद्वन्द्वी नेपाल र भारतको टक्कर आज

काठमाडौं (खेलदैनिक) । चार देशीय हिरो गोल्डकप महिला फुटबल च्याम्पियनसिपतर्फ नेपालले आज आफ्नो दोस्रो खेलमा आयोजक भारतको सामना गर्दैछ ।

भुवनेश्वर स्थित कालिंगा स्टेडियममा बेलुका ७:१५ मा शुरु हुने आजको खेल नेपालका लागि निकै महत्पूर्ण छ । प्रतियोगितामा आफ्नो सम्भावनालाई कायम राख्न आज नेपालले आफु अनुकुलको नतिजा निकाल्नु पर्नेछ ।

स्मरणीय छ, नेपालले आफ्नो पहिलो खेलमा शनिबार म्यानमारसँग ०–३ को हार बेहोरेको थियो भने सोही दिन भारतले इरानलाई १–० ले हराएको थियो ।

नेपालले यस प्रतियोगितालाई आगामी महिला साफ च्याम्पियनसिपको तयारीका रुपमा लिएको छ । दक्षिण एसिया कै प्रतिष्ठित महिला साफ च्याम्पियनसिप यहि आउँदो फागुनको अन्तिम सातादेखि बिराटनगरको शहिद रंगशालामा शुरु हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...