
धरान (खेलदैनिक) । सिएमजी संकटा क्लब धरानमा जारी २१ औंं रेडबुल अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरान रंगशालामा सोमबार बिहान भएको पेनाल्टी शुटआउटमा संकटाले मेची नत्रोलय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई सडेन डेथमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
यसअघि आइतबार भएको यी दुई टोलीबीचको खेल खराब प्रकाशका कारण स्थगित गरी सोमबार बिहान खेलाउने सहमति भएको थियो । आइतबार निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए भने त्यसपछिको पेनाल्टी शुटआउट र सडेन डेथमा पनि नतिजा निस्किन सकेको थिएन ।
धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिता अन्तरगत सोमबार दिउँसोको खेल नेपाल पुलिस क्लब र सहारा क्लबबीच आयोजकले जनाएको छ ।