बी डिभिजन लिग : आरसिटी र पुल्चोकको जित

(तस्विर : एन्फा)

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक बी डिभिजन लिगतर्फ पुल्चोक स्पोर्टस् क्लब र आरसिटीले जित हात पारेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न पहिलो खेलमा आरसिटीले नयाँबस्ती युथ क्लबलाई ३–१ ले हरायो ।

त्यस्तै एन्फा कम्प्लेक्स मै भएको दोस्रो खेलमा पुल्चोक स्पोर्टस् क्लबले बाँसबारी क्लबलाई समान ३–१ ले हरायो । प्रतियोगिता अन्तरगत सोमबारको पहिलो खेल श्री कुमारी र सातदोबाटो युथ क्लबबीच हुनेछ भने दोस्रो खेल मध्यपुर युथ एसोसिएृशन र खुमलटार युवा क्लबबीचन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...