पोखरा कपमा एपिएफका राजु नगरकोटी सर्वोत्कृष्ट खेलाडीे

पोखरा (खेलदैनिक) । एपिएफका गोलरक्षक राजु नगरकोटी आइतबार सम्पन्न मनकामना केबलकार पोखरा कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । बेस्ट प्लेयर बनेका नगरकोटीले एक थान यामाहा मोटरसाइकल हात पारे ।

स्मरणीय छ, आइतबार भएको फाइनल खेलमा एपिएफले अफ्रिकी टोली दाफिन्स एफसीसँग १–० को हार बेहोर्दै उपविजेतामा चित्त बुझाएको थियो । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पनि नगरकोटी नै घोषित भए ।

https://twitter.com/Goal_Nepal/status/1094579171953700864

त्यस्तै उत्कृष्ट डिफेन्डर पनि एपिएफ कै रमेश दंगल घोषित भए भने उत्कृष्ट मिडफिल्डर मनाङका हेमन गुरुङ घोषित भए । उत्कृष्ट फरवार्डको पुरस्कार विजेता टोली दाफिन्सका यानिक अवानाले जिते भने उत्कृष्ट प्रशिक्षकको पुरस्कार एपिएफ कै राजेन्द्र तामाङले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबैले जनही २५–२५ हजार हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...