पोखरा कप : अफ्रिकी टोली दाफिन्सलाई उपाधि

पोखरा (खेलदैनिक) । आइतबार सम्पन्न मनकामना केबलकार पोखरा कपको उपाधि अफ्रिकी टोली दाफिन्स एफसी, क्यामरुनले जितेको छ ।

पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा दाफिन्सले विभागीय टोली एपिएफ क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमायो । दाफिन्सको जितमा दोस्रो हाफको ५४ औं मिनटमा यानिक अवानाले एक मात्र निर्णायक गोल गरे ।

यानिक खेलको म्यान अफ द म्याच समेत घोषित भए । विजेता बनेको दाफिन्सले उपाधिसहित नगद ७ लाख ५५ हजार हात पार्यो भने उपविजेता एपिएफले ४ लाख ४ हजारमा चित्त बुझायो ।


प्रतिक्रिया दिनुहोस

Loading...