पोखरा कप : एपिएफ र दाफिन्सको फाइनल भिडन्त आज

पोखरा (खेलदैनिक) । मनकामना केबलकार पोखरा कपको फाइनलमा आज उपाधिका लागि विभागीय टोली एपिएफ क्लब र अफ्रिकी टोली दाफिन्स एफसी, क्यामरुन भिड्दैछन् ।

पोखरा स्टेडियममा दिनको २:३० बजे देखि शुरु हुने आजको फाइनल भिडन्त प्रतिस्पर्धात्मक हुने अनुमान छ । फाइनल प्रवेश गर्ने क्रममा एपिएफले जापानी टोली रिस्हो युनिभर्सिटीलाई हराएको थियो भने दाफिन्सले लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध पारेको थियो ।

https://twitter.com/Goal_Nepal/status/1094416797992914944

पहिलो सहभागिता मै प्रतियोगिताको फाइनल पुगेको दाफिन्स आत्मविश्वासी छ । उता जापानी टोलीलाई हराएको एपिएफको मनोबल पनि उच्च छ । त्यसैले पनि आजको खेल कडा प्रतिस्पर्धाका बीच हुने धेरैले अनुमान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...