
काठमाडौं (खेलदैनिक) । भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप महिला फुटबल प्रतियोगितातर्फ आयोजक भारतले बिजयी शुरुवात गरेको छ ।
शनिबार कालिंगा स्टेडियम, भुवनेश्वरमा भएको दोस्रो खेलमा भारतले इरानलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । भारतको जितमा दोस्रो हाफको शुरुवाततिर ४८ औं मिनटमा अन्जु तामाङले एक मात्र निर्णायक गोल गरीन् ।
भारतले आफ्नो दोस्रो खेलमा सोमबार परस्पर प्रतिद्वन्द्वी नेपालको सामना गर्नेछ । त्यस्तै सोही दिन इरानले अर्को बलियो टोली म्यानकारसँग भिड्नेछ । स्मरणीय छ, शनिबार नै भएको उद्घाटन खेलमा म्यानमारले नेपाललाई ३–० ले हराएको थियो ।