पोखरा कप : मनाङलाई हराउँदै दाफिन्स फाइनलमा

पोखरा (खेलदैनिक) । लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई हराउँदै अफ्रिकी टोली दाफिन्स एफसी, क्यामरुन जारी मनकामना केबलकार पोखरा कपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार पोखरा रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा दाफिन्सले मनाङलाई सडेन डेथमा हराउँदै उपाधि नजिक पुगेको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

खेलमा दाफिन्सका अर्मेल आहन्दा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद ५ हजार प्राप्त गरे । अब उपाधिका लागि दाफिन्सले फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबको सामना गर्नेछ । प्रतियोगिताको फाइनल खेल आइतबार नै हुँदैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...