हिरो गोल्डकप : पहिलो खेलमै नेपाल पराजित

काठमाडौं (खेलदैनिक) । भारतमा शनिबारदेखि शुरु चारदेशीय हिरो गोल्डकपमा नेपाली महिला फुटबल टोलीले आफ्नो पहिलो खेलमै बलियो म्यानमारसँग हार बेहोरेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न पहिलो खेलमा नेपालले म्यानमारसँग ३–० को हार बेहोरेको हो । प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल आयोजक भारतसँग सोमबार खेल्नेछ । लिग चरणको अन्तिम खेलमा भने नेपालले इरानको सामना गर्नेछ ।

नेपालले यस प्रतियोगितालाई आगामी महिला साफ च्याम्पियनसिपको तयारीका रुपमा लिएको छ । स्मरणीय छ, नेपालले आगामी फागुन अन्तिम सातादेखि बिराटनगरस्थित शहिद रंगशालामा महिला साफ च्याम्पियनसिपको आयोजना गर्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...