आज हुने भनिएको २१ औं बुढासुब्बा गोल्डकपको उद्घाटन खेल स्थगित

धरान (खेलदैनिक) । आजदेखि शुरु हुने भनिएको २१ औं रेडबुल अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल स्थगित गरिएको छ ।

गोलनेपालका अनुसार प्रतिकुल मौसमका कारण मैदानमा खेल खेलाउन नमिल्ने भएपछि शनिबार हुने भनिएको सिएमजी संकटा क्लब र मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीचको खेल स्थगित गरिएको आयोजक धरान एफसीले जनाएको छ ।

त्यस्तै आज हुन नसकेको उद्घाटन खेल आइतबार हुने बताइएको छ । धरान फुटबल क्लब, सुनसरीको आयोजनामा शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...