फाइनलमा होली बेसिल्ल र वान्डर लेण्ड भिड्दै

(कृष्ण सिन्जाली, काकरभिट्टा, खेलदैनिक)

एन–प्याव्सन झापाको ७ औँ जिल्ला स्तरीय खेलकुद तथा साँस्कृतिक कार्यक्रम अन्तर्गत  बुधबार भएको जुनियर छात्र फुटबल प्रतियोगिताको सेमीफाइनल खेलमा होली बेसिल्ल, लक्ष्मीपुर र वान्डर लेण्ड, केर्खा फाइनल प्रवेश गरेको छ ।

काँकरभिट्टा उच्च माबिको खेलमैदानमा भएको पहिलो सेमीफाइनल खेलमा होली बेसिल्लले सूर्याेदय उमावि, काकरभिट्टालाई १-०  गोलको अन्तरले पराजित गरेको थियो । खेलको १६ औ मिनेटमा होली बेसिल्लका निशान लिम्बुले पेनाल्टी सुटमा गोल गरेका थिए ।

दोश्रो खेलमा वान्डर लेण्डले चिल्ड्रेन गार्डन, जलथललाई २-० गोलले पराजित गरेको थियो । खेलमा वान्डर लेण्डका आशिष लावतीले १३ र ३२ औं मिनेटमा दुई गोल गरेका थिए ।

त्यसैगरी तेश्रो स्थानमा चिल्डेन गार्डनले सूर्याेदयलाई पराजित गरेको थियो । खेलको ५ औं मिनेटमा चिल्ड्रेनका  राम लिम्बुले गोल गरेका थिए ।

भोलिको फाइनल खेल होली बेसिल्ल र वान्डर लेण्ड बिच हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...