हिरो गोल्डकप : नेपाल र म्यानमारको खेल आज

काठमाडौं (खेलदैनिक) । भारतमा आजदेखि शुरु हुन गईरहेको चारदेशीय हिरो गोल्डकप महिला फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले बलियो म्यानमारको सामना गर्दैछ ।

भुवनेश्वरमा नेपाली समयअनुसार ४:१५ मा शुरु हुने आजको खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । आजको खेलमा नेपालले आफु अनुकुलको नतिजा निकाल्न सके उसको फाइनल चरणको सम्भावना पनि केही बलियो बन्नेछ । यद्यपि फिफा वरियतामा नेपाल भन्दा निकै माथिल्लो स्थानमा रहेको म्यानमारलाई हराउन नेपाललाई कठिन हुने देखिएको छ ।

https://twitter.com/Goal_Nepal/status/1094063157830656000

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक हरि खड्काले आफूहरु महिला साफ च्याम्पियनसिपको तयारीका लागि भुवनेश्वर आईपुगेको बताएका थिए । साथै उनले प्रतियोगिताबाट केही जान्न अवसर मिल्ने समेत बताएका थिए । यद्यपि उनले प्रतियोगितामा सुन्दर खेल पस्कने समेत चर्चा गरेका थिए ।

चार देश सम्मिलित प्रतियोगितातर्फ आयोजक भारतले पनि आज नै नेपाली समयअनुसार ७:१५ मा अर्को बलियो टोली इरानको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल भने फेब्रुअरी ११ तारीखका दिन भुवनेश्वर मै हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...