बी डिभिजन लिग : टुसालसँग श्री भगवती पराजित

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक बी डिभिजन लिगतर्फ शुक्रबार भएको दोस्रो खेलमा टुसाल युथ क्लबले श्री भगवती क्लबलाई शून्यका विरुद्ध १ गोलले हराएको छ ।

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक बी डिभिजन लिगतर्फ शुक्रबार भएको दोस्रो खेलमा टुसाल युथ क्लबले श्री भगवती क्लबलाई शून्यका विरुद्ध १ गोलले हराएको छ ।

एन्फा कम्प्लेक्स मै सम्पन्न खेलमा टुसालका लागि एलोन राईले पहिलो हाफको २२ औं मिनटमा एक मात्र निर्णायक गोल गरे । यसअघि शुक्रबार नै भएको उद्घाटन खेलमा झम्सीखेल युथ क्लबले ब्वाईज युनियन क्लबलाई समान १–० ले हराउँदै बिजयी शुरुवात गरेको थियो ।

लिग अन्तगत शनिबार विश्राम दिइएको छ । लिगतर्फ आइतबारको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) र नयाँवस्ती युथ क्लबबीच हुनेछ भने दोस्रो खेल पुल्चोक स्पोर्टस् क्लब र बाँसबारी क्लबबीच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...