पोखरा कप : जापानी टोलीको चुनौति पन्छाउँदै एपिएफ फाइनलमा

पोखरा (खेलदैनिक) । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब जारी मनकामना केबलकार पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले जापानी टोली रिस्हो युनिभर्सिटीको चुनौति पेनाल्टी शुटआउटमा ४–१ ले समाप्त पार्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो ।

https://twitter.com/Goal_Nepal/status/1093843926065270785

यसअघि पोखरा रंगशालामा भएको नियमित समयतर्फको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । शुक्रबारको खेलमा एपिएफका राजु नगरकोटी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद पाँच हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत शनिबारको दोस्रो सेमिफाइनल खेल लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र अफ्रिकी टोली दाफिन्स टिम फेमिली, क्यामरुन बीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...