बी डिभिजन लिग शुरु, झम्सीखेलको बिजयी शुरुवात

काठमाडौं (खेलदेनिक) । शुक्रबारदेखि शहिद स्मारक ए डिभिजन लिगतर्फ झम्सीखेल युथ क्लबले लिगमा बिजयी शुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न उद्घाटन खेलमा झम्सीखेलले ब्वाईज युनियन क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

झम्सीखेलको जितमा पहिलो हाफतर्फ ३९ औं मिनटमा एलिस लुंगेलीले एक मात्र निर्णायक गोल गरे । खेलमा बिजयी टोली झम्सीखेलका सुवास मगर म्यान अफ द म्याच घोषित भए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु लिगमा कुल १२ बी डिभिजन क्लबहरुले सहभागिता जनाउँदेछन् । लिग विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले पाँच लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...