पोखरा कप : जापानी टोली र एपिएफबीचको पहिलो सेमिफाइनल स्थगित

पोखरा (खेलदैनिक) । जारी मनकामना केबलकार पोखरा कपतर्फ बिहीबार हुने भनिएको जापानी टोली रिस्हो युनिभर्सिटी र एपिएफ क्लबबीचको खेल प्रतिकुल अवस्थाका कारण स्थगित गरिएको छ ।

गोलनेपालका अनुसार पोखरामा लगातारको बर्षाले प्रतिकुल अवस्था सिर्जना गरेपछि आज हुने खेल शुक्रबारका लागि स्थगित गरिएको हो ।

त्यस्तै शुक्रबार हुने भनिएको मनाङ मस्र्र्याङ्दी क्लब र दाफिन्स फेमिली टिम, क्यामरुनबीचको दोस्रो सेमिफाइनल खेल भने शनिबार हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...