
धरान (खेलदैनिक) । शनिबारदेखि शुरु हुन गईरहेको २१ औं रेडबुल अन्नर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
मोफसल कै पुरानो र प्रतिष्ठित मध्ये एक फुटबल प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाउँदैछन् । धरान स्टेडियममा हुने प्रतियोगिताको उद्घाटन खेलमा सिएमजी संकटा क्लबले मेची नत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ ।
धरान एफसी, सुनसरीको आयोजनामा फागुन ४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।