पोखरा कप : कठिन जितका साथ मनाङ सेमिफाइनलमा

पोखरा (खेलदैनिक) । कठिन जितका साथ मनाङ मस्र्याङ्दी क्लब जारी मनकामना केबलकार पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालामा सम्पन्न अन्तिम क्वाटरफाइनलमा मनाङले दश खेलाडीमा सिमित ब्रीगेड ब्वाईज क्लब (बीबीसी) लाई पेनाल्टी शुटआउटमा ५–४ ले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा बीबीसीका लक्की कार्कीले रातो कार्ड खाँदै मैदान छाडेपछि बीबीसीले दोस्रो हाफतर्फ दश खेलाडीमा सिमित हुन पुगेको थियो । यद्यपि मनाङले त्यसको फाईदा उठाउन भने सकेन ।

https://twitter.com/Goal_Nepal/status/1093120454359805953

खेलमा मनाङका गोलरक्षक बिशाल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । मनाङले सेमिफाइनलमा अब शुक्रबार अफ्रिकी टोली दाफिन्स फेमिलीको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत बिहीबारको पहिलो सेमिफाइनल खेल रिस्हो युनिभर्सिटी, जापान र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...