एसी मिलान जुनियर फुटबल क्याम्प हुने

काठमाडौं (खेलदैनिक) । एटलान्टिक स्पोर्टस् म्यानेजमेन्ट प्रा.लि. को आयोजनामा एन्फा कम्प्लेक्स, सातदोबाटोमा आउँदो चैत्र २४ गतेदेखि एसी मिलान जुनियर फुटबल क्याम्प सञ्चालन हुने भएको छ ।

फुटबल साईट गोलनेपालका अनुसार वान अप प्रा.लि.को व्यवस्थापनमा हुने सो क्याम्प चैत्र ३० गतेसम्म चल्नेछ । त्यस्तै कार्यक्रम संयोजक थमन भुसालका अनुसार सो क्याम्प सञ्चालन गर्न एसी मिलान कै प्रशिक्षकहरु नेपाल आउने छन् ।

https://twitter.com/Goal_Nepal/status/1092736724415860736

युवा तथा खेलकुद मन्त्रालय, नेपालबाट समेत स्वीकृति पाएको सो क्याम्पबाट उत्कृष्ट एक खेलाडीले इटाली स्थित एसी मिलानको एकेडेमीमा प्रशिक्षण गर्ते अवसर पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...