पोखरा कप : जापानी टोली रिशो सेमिफाइनलमा

पोखरा (खेलदैनिक) । जापानी टोली रिशो युनिभर्सिटी जारी मनकामना केबलकार पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न क्वाटरफाइनल खेलमा रिशोले विभागीय टोली नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

https://twitter.com/Goal_Nepal/status/1092743488632872960

पोखरा रंगशालामा सम्पन्न खेलको १९ औं मिनटमा सुजुकीले जापानी टोलीका लागि एक मात्र निर्णायक गोल गरे । खेलमा रिशोका तातशुकी ताकेडा म्यान अफ द म्याच घोषित भए । रिशोले सेमिफाइनलमा अब बिहीबार अर्को विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत बुधबारको अन्तिम क्वाटरफाइनल खेल लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र ब्रीगेड ब्वाईज क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...