हिरो वुमन्स गोल्डकप खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली भारततर्फ प्रस्थान

काठमाडौं (खेलदेनिक) । नेपाली राष्ट्रिय महिला फुटबल टोली भारतको भुवनेश्वरमा हुने चार देश सम्मिलित हिरो गोल्डकप खेल्न त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई धुलाबारी, झापामा झापा जिल्ला फुटबल संघले एक कार्यक्रमका बीच बिदाई गर्यो । यहि आउँदो शनिबारदेखि शुरु हुन गईरहेको प्रतियोगितामा नेपालले आयोजक भारत, म्यानमार र इरान विरुद्ध खेल्नेछ ।

लिगचरणतर्फ शिर्ष दुई स्थान हासिल गर्ने टोली फाइनलमा प्रवेश गर्नेछ । नेपालले आफ्नो पहिलो खेल शनिबार म्यानमार विरुद्ध खेल्दैछ । त्यस्तै फेब्रुअरी ११ तारीखका दिन आयोजक भारतसँग खेल्नेछ भने अन्तिम खेल १३ फेब्रुअरीका दिन इरानसँग खेल्ने तय भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...