महिला गोल्डकप : ताप्लेजुङ सेमिफाइनलमा

झापा (खेलदैनिक) । झापाको अर्जुनधारामा जारी प्रदेश नं.१ स्तरीय सुखानी शहीद स्मृती महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा कर्णसिंह सोनाम स्मृती स्पोर्टीङ क्लब ताप्लेजुङ प्रवेश गरेको छ ।

स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा सोमबार सम्पन्न खेलमा बसाहा क्लब उदयपुरलाई २–० गोलले पराजित गर्दै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

ताप्लेजुङको जितमा खेलको सातौं मिनटमै सुष्मा खातीले पहिलो गोल गरीन् भने ३३ औं मिनटमा अनुष्का शेर्पाले दोस्रो गोल गरीन् ।

खेलको वूमन अफ दी म्याच ताप्लेजुङकी अनुष्का शेर्पा घोषित भएकी थिइन् । उनलाई त्रिनेत्र बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष केशवकुमार खड्काले नगद दुई हजारबाट पुरस्कृत गरेका थिए ।

प्रतियोगिता अन्तरगत मंगलबारको पहिलो सेमिफाइनल खेल पारिजात महिला फुटबल क्लब झापा र माउण्ट एभरेष्ट स्पोर्टीङ क्लब सुनसरीबीच हुने प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...