ब्वाईज युनियनलाई डिभाइन वाइनको साथ

काठमाडौं (खेलदैनिक) । यस बर्ष बी डिभिजन लिग खेल्ने तयारीमा रहेको ब्वाईज युनियन क्लबलाई डिभाइन वाईनले एक बर्षका लागि प्रायोजन गरेको छ । सोमबार एक कार्यक्रमका बीच श्री महाकाली वाईन्स प्रा.लि. र क्लबबीच प्रायोजन सम्झौतामा सहमति भएको हो ।

सम्झौता कार्यक्रममा प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक सन्तोष खड्का र क्लबका तर्फबाट अध्यक्ष निरज बहादुर राउतले सम्झौतापत्रमा हस्ताक्षर गरे । गोलनेपालका अनुसार डिभाइन वाइनले क्लबलाई सम्झौतावापत दश लाख रुपैया उपलब्ध गराउनेछ ।

सम्झौता कार्यक्रममा ब्राण्ड म्यानेजर सन्जु शाक्य, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । सम्झौतासँगै अब क्लबको नाम डिभाइन वाईन्स ब्वाईज युनियन क्लब भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...