पुलिस विरुद्ध आक्रमक खेल्ने जापानी प्रशिक्षकको भनाई

पोखरा (खेलदैनिक) । पूर्व राष्ट्रिय फुटबलर बसन्त गौचन र फनरुट्स एकेडेमीका मालिक जुन हिरानोको विशेष पहल र व्यवस्थापनमा जापानी टोली रिशो युनिभर्सिटी मनकामना केबलकार पोखरा कप खेल्न नेपाल आईपुगकोे छ ।

जापानको युनिभर्सिटी लिग खेलिरहेको रिशोले पोखरा कपतर्फ मंगलबार हुने क्वाटरफाइनल भिडन्तमा विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्दैछ । आइतबार काठमाडौं ओर्लने बित्तिकै पोखरा पुगेको जापानी टोलीका प्रशिक्षक ताकेशी तोकेरीनले मंगलबार पुलिस विरुद्ध आक्रमक खेल्ने बताए ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै प्रशिक्षक ताकेशीले भने, “पुलिस टिमबारे हामीलाई केही थाहा छैन । हामी पुलिस विरुद्ध आक्रमक खेल्नेछौं । यहाँको खेलमैदानसँग हामी अभ्यस्त छैनौं । तर यो फुटबल हो, यस्ता परिस्थितिहरुसँग हामीले तालमेल मिलाउनु पर्ने हुन्छ ।”


प्रतिक्रिया दिनुहोस

Loading...