एएफसी कप : मनाङको पहिलो खेल बंगलादेश च्याम्पियन ढाकासँग एन्फा कम्प्लेक्समा हुने

काठमाडौं (खेलदैनिक) । एसियाली फुटबलको सर्वोच्च निकाय एसियन फुटबल फेडरेशन (एएफसी) ले यसै बर्ष हुन गईरहेको प्रतिष्ठित एएफसी कपको खेलतालिका मिति सार्वजनिक गरेको छ ।

प्रतियोगितातर्फ समूह ई मा रहेको नेपालको ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबसँगै भारतको आई लिग च्याम्पियन मिनर्वा पञ्जाब, बंगलादेश प्रिमियर लिग च्याम्पियन ढाका अवाहानी र दक्षिण एसियाको प्ले अफबाट छनौट हुने एक टोली छन् ।

गोलनेपालका अनुसार मनाङले समूह चरणतर्फ आफ्नो पहिलो अप्रिल ३ तारीखका दिन ढाकासँग एन्फा कम्प्लेक्समा खेल्नेछ । त्यस्तै दक्षिण एसियाको प्ले अफबाट छनौट हुने टोली विरुद्ध १७ अप्रिलका दिन खेल्नेछ भने मिनर्वा पञ्जाबसँग मई १ तारीखका दिन भुवनेश्वरमा खेल्नेछ ।

त्यसैगरी मई १५ तारीखका दिन मनाङले मिनर्वा पञ्जाबसँग एन्फा कम्प्लेक्समा खेल्नेछ भने जुन १९ तारीखका दिन ढाका विरुद्ध खेल्न बंगलादेश प्रस्थान गर्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेलमा मनाङले दक्षिण एसियाको प्ले अफबाट छनौट भएर आउने टोली विरुद्ध जुन २६ तारीखका दिन एन्फा कम्प्लेक्समा खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...